लागूऔषध सहित एक महिला पक्राउ

लागूऔषध सहित एक महिला पक्राउ

साउन ९, मोरङ । 
विराटनगर महानगरपालिका-१५ बाट सोही ठाउँ बस्ने ३० वर्षीया अरजिना खातुनलाई प्रहरी विभिन्न अवैध लागुऔषध सहित प्रकाउ गरेको छ ।

प्रहरीले उनको साथबाट लुपिजेसिक २ सय  एम्पुल, एभिल २ सय एम्पुल, डाईजोल्याव २ सय एम्पुल, स्पास्मो १ सय ४४ चक्की, नाईट्रासन ३० चक्की, डाईजेल्याप ५ बोतल र नगद २६ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँस्थित राम जानकी मन्दिर छेउमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा खातुनले झोलामा राखी लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।