किन ज्याकलिनलाई भारत छोड्न रोक लगाइयो? यस्तो छ वास्तविकता

किन ज्याकलिनलाई भारत छोड्न रोक लगाइयो? यस्तो छ वास्तविकता

११ पुस, काठमाडौं । 
यतिबेला बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सुटिङ का क्रममा रियाद पुग्नुपर्ने थियो तर उनलाई यो वर्षको क्रिसमसमा आफ्नो घर समेत जान दिइएन्। 

ज्याकलिन २ सय करोड ठगी मामलाको नाइके सुकेश चन्द्रशेखरसँगको ठगी धन्दामा संलग्न देखिएपछि उनलाई उनलाई भारतभन्दा बाहिर जानका लागि अनुमति दिएको छैन । ईडीले ठगी मामलामा अनुसन्धान चलिरहेको र अभिनेत्रीले क्लिन चिट नपाएका कारण भारत बाहिर जानलाई रोक लगाइएको जनाएको छ ।

सुकेशबाट ज्याकलिनले लिएको दश करोड रुपैँया ईडीले जफतको तयारी गरेर कैयौंपटक उनीमाथि सोधपुछ गरिसकेको छ।  पाएको सबै उपहारलाई ईडीले जफतको तयारी गरिरहेको छ । 

ज्याकलिनलाई यसअघि पनि ईडीले भारतभन्दा बाहिर जानका लागि रोक लगाएको थियो । अभिनेत्रीलाई आफ्नो व्यवसायिक सम्झौता अनुसार रियाद जानु थियो, तर ईडीले उनलाई मुम्बई एयरपोर्टमै रोक लगाएपछि उनी भारतमै बस्नुपरेको हो। 

यो ठगी प्रकरणमा ज्याकलिनसँगै नोरा फतेही, श्रद्धा कपुर, शिल्पा शेट्टी र हरमन बावेजा जस्ता बलिउड स्टारको समेत नाम मुछिएको छ ।