यि हुन् मदन पुरस्कारका लागि छनोटमा परेको नौ पुस्तकहरु

यि हुन् मदन पुरस्कारका लागि छनोटमा परेको नौ पुस्तकहरु

काठमाडौं, १५ साउन ।
‘मदन पुरस्कार(२०७७’ का लागि नौ वटा पुस्तक छनोट छनोटमा परेका छन् । 

मदन पुरस्कार गुठीलाई प्राप्त भएका २२२ पुस्तकमध्ये  ‘मदन पुरस्कार(२०७७’ का लागि गुठीले ९ वटा पुस्तक छनोट गरेको हो। 

बढीमा १० पुस्तकको सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको थियो।

मदन पुरस्कारका लागि सूचीमा गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेशन कुँवरको रमिते र भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह रहेका छन् । 

गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनौटको एउटा आधार बनाइएको थियो’, गुठीद्वार जारि विज्ञप्तिमा भनिएको छ।

छनौटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार पाउनेछ।