‘हनी बनी’ बाट बाहिरिए अनमोल

‘हनी बनी’ बाट बाहिरिए अनमोल

२० वैशाख, काठमाडौं । 
‘हनी बनी’ बाट अभिनेता अनमोल केसी बाहिरिएका छन् । 

दिवाकर भट्टराईको निर्देशन रहने  उक्त चलचित्रको निर्माण सेडुल, चलचित्र बनाउन निर्माताको हतारो र उनको समय अनुकुल नमिल्दा उनी बाहिरिएका हुन् । यद्यपी निर्देशन भट्टराइले अनमोल सहमतिमै फिल्मबाट बाहिरिएको बताएका छन्।

मे महिनाको पहिलो सातादेखि चलचित्रको छायांकन सुरु हुने भनिए पनि अन्तिम समयमा रोकिएको छ । अनमोल बाहिरिएपछि अब अररु कलाकार लिएर चलचित्र निर्माण गर्ने निर्माताको तयारी छ । 

अनमोलसँगै मुख्य अभिनेत्रीको रुपमा अनुबन्धित भएकी सारा सिर्पाली पनि चलचित्रबाट बाहिरिएकी छन् । भिसा नआएपछि सारा बाहिरिने भएकी हुन् । चलचित्र निर्माण टीमले नायिकाको लागि लन्डनमै रहेकी जसिता गुरुङसँग कुरा भइरहेको बुझिएको छ ।