सलिनाले जितिन मिस नेवा:को उपाधि

सलिनाले जितिन मिस नेवा:को उपाधि

२० वैशाख, काठमाडौं । 
१६ औँ संस्करणको मिस नेवा स् को उपाधि काठमाडौं चःमतीकी सलिना महर्जनले हात पारेकी छन् ।

नेप्लिज फेसन होमुद्वारा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा सलिनाले १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जितेकी हुन् । उनलाई गत वर्षकी मिस नेवाः कृषा महर्जनले ताज पहिराइदिएकी थिइन् ।

सलिनालाई उपाधिसँगै एक लाख नगद र 'नेपाल क्योकुसिन सेइसिन काइकान कराँते'को सद्भावना दूत पनि नियुक्त गरिएको छ ।

प्रतियोगितामा ठमेलकी सबिना बज्राचार्य फस्ट र भक्तपुर ठिमीकी सेलिना प्रजापतिले सेकेन्ड रनरअपको उपाधि जितेका छन् । 

प्रतियोगितामा मुख्य निर्णायकको रुपमा एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठ र नेपाल टेलिकमका मेनेजर सरोज शाक्य, ओजेश सिंह, अशोककुमार श्रेष्ठ, प्रवेशमान शाक्य, एलिशा बज्राचार्य, लक्ष्मण महर्जन, मनीश्री रत्न बज्राचार्य र मञ्जु कार्की पाण्डे थिए ।