पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

फागुन १५, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ ।

तेह्रथुमको अठराई गाउँपालिका रहेको चोहान डाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो।

 हेलिकोप्टर फुङलिङ नगरपालिकाको दाह्रेढुंगामा दुर्घटना भएको आशंका गरिएको छ ।  हेलिकप्टरमा मन्त्रीसहित ६ जना उक्त  हेलिकप्टरमा सवार थिए।