प्रहरी स्कर्टिङमा काठमाडौं आइपुगे विप्लव

प्रहरी स्कर्टिङमा काठमाडौं आइपुगे विप्लव

काठमाडौं, २१ फागुन ।
सरकारले प्रतिबन्ध फुकुवा गरेपछि सार्वजनिक भएका  नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन्।

प्रतिबन्ध फुकुवा भएपछि पहिलो पटक सार्वजनिक भएका विप्लवले सहिदपरिवारसँग भेटघाटपछि शुक्रबार बिहान काठमाडौंका लागि प्रस्थान गरेका थिए । विप्लव कसैलाई थाहा नदिइकन काठमाडौं आउने तयारीमा रहे पनि प्रहरीले सूचना पाएपछि उनी प्रहरीको स्कर्टिङमा केहीबेर पहिला काठमाडौं आइपुगेका हुन्।

विप्लव निकट स्रोतका अनुसार उनी निजी गाडीमा नागढुंगा नाका हुदै काठमाडौं आइपुगेका हुन् । 

आज दिउँसो २ बजे काठमाडौंमा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवले एउटै मञ्चबाट सम्वोधन गर्दै छन् । प्रधानमन्त्री ओलीसँगै उनले सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

सोही समारोहमा सरकारसँग भएको सहमति पत्रमा विप्लव र सरकारले हस्ताक्षर गर्ने छन् ।सरकारसँगको वार्तामा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । साथै सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाएको छ भने पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहाइको सहमती भएको छ।