अख्तियारका पूर्व आयुक्त पाठक विशेष अदालतमा हाजिर

अख्तियारका पूर्व आयुक्त पाठक विशेष अदालतमा हाजिर

जेठ १, काठमाडौं । 
७८ लाख भ्रष्टाचारको मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक बुधबार विशेष अदालतमा हाजिर भएका छन् ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी सहितको इजलासले उनको बयान लिएको छ ।

भक्तपुरको नेपाल इन्जिनियरीङ कलेजमा सञ्चालकबीचको विवादमा लम्बोदर न्यौपाने पक्षमा निर्णय गरिदिने भन्दै उनले घुस लिएका थिए ।

घुस लिने पुष्टि हुने भिडियो सार्वजनिक भएपछि उनीमाथि महाअभियोग लगाउने तयारी गरेको थियो । महाअभियोगको तयारीपछि उनले राजिनामा दिएका थिए । आयोगले गत १२ चैतमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । 

पाठकसहित न्यौपानेविरुद्ध समेत मुद्दा दायर भएको थियो । बयानकै क्रममा भागेका न्यौपाने भने अझै फरार छन् ।