कक्षा ११ को बोर्ड परीक्षा नहुने

कक्षा ११ को बोर्ड परीक्षा नहुने

२१ असार, काठमाडौं । 
 यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ। 

कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्द गर्ने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रले जानकारी दिएको छ। 

आइतबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले कक्षा ११ मा पनि कक्षा १० मा जस्तै आन्तरिक मूल्यांकनलाई नै आधार बनाएर प्रमाणपत्र उपलब्ध गराउने परीक्षा नगर्ने निर्णय गरेको हो। 

विद्यार्थीहरुलाई  कक्षा १० कै तरीकाबाट एउटा कार्यविधि बनाएर उक्त कार्यविधि अनुसार नै विद्यार्थीको आन्तरिक मूल्यांकन गरिने जनाइएको छ । विद्यार्थीको आन्तरिक मूल्याङ्कन कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । 

एसईई (कक्षा १०) मा विद्यालयको मूल्यांकनका आधारमा अंक दिने, शिक्षा विकास तथा समन्वय इकाईले सिफारिस गर्ने र बोर्डले प्रमाणित गरी प्रमाणपत्र दिने व्यवस्था गरिएको छ।