धुर्मुस सुन्तलीलाई जिग्रीको कोशेली ‘मायलो जीवन सजाऊ’

धुर्मुस सुन्तलीलाई जिग्रीको कोशेली ‘मायलो जीवन सजाऊ’

१५ मंसिर, काठमाडौं । 
कलाकार तथा गायककार कुमार कट्टेल ‘जिग्री’को स्वरमा रहेको गीत ‘मायलो जीवन सजाऊ’ सार्वजनिक भएको छ । 

गीतमा कुमारलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छन् । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ ।

भिडियोमा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को अभिनय रहेको छ । यसअघि जिग्रीले गाएको ‘मञ्जुरी’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

धुर्मुस सुन्तलीको १४ औं वैवाहिक वर्षगाँठको अवसर पारेर गीत सार्वजनिक गरिएको हो । 

रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा धुर्मुस सुन्तलीलाई वैवाहिक वर्षगाँठ मनाउन व्यस्त प्रेमिल दम्पतीको रुपमा प्रस्तुत गरिएको छ ।