चितवनमा थप आठ सङ्क्रमितको मृत्यु

चितवनमा थप आठ सङ्क्रमितको मृत्यु
file photo

चितवन, २९ वैशाख । 
चितवनका तीन अस्पतालमा मंगलवार  राती (गएराती) देखि हालसम्म आठ सङ्क्रमितको मृत्यु भएको छ । 

चितवन मेडिकल कलेजमा तीन जनाको,  भरतपुर अस्पताल तीन जना र पुरानो मेडिकल कलेजमा उपचाररत दुई गरि थप आठ संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई चितवनका र अन्य बाहिरी जिल्लाका छन् । 

भरतपुर अस्पतालमा मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ३८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ७ बजे मृत्यु भएको हो । सोही अस्पतालमा उपचारका क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–७ का ७३ वर्षीय सङ्क्रमित वृद्धाको मृत्यु भएको छ । उनको आज बिहान ४ः४४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । त्यसैगरि, गुल्मी मुसिकोट गाउँपालिका–९ का ५७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको मङ्गलबार राति ११ः५ बजे मृत्यु भएको हो ।

पुरानो मेडिकल कलेजमा उपचाररत बाराको निजगढका ६५ वर्षीया वृद्धाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ४ः२६ बजे मृत्यु भएको हो । त्यसैगरि गुल्मीको रेसुङ्गा नगरपालिकाका–७ का ६१ वर्षीय वृद्धको कोरोना सङ्क्रमितको मृत्यु भएको छ । उपचारका क्रममा उनको मङ्गलबार राति १०ः३० वजे मृत्यु भएको हो । 

चितवन मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर–२४ की ५७ वर्षीया महिलाको मृत्यु भएको छ ।  उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ३ः५९ बजे मृत्यु भएको हो ।सोही मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीको दरबारदेवस्थल गाउँपालिका–७ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।  उनको आज बिहान १ः३९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । नवलपरासी ९वर्दघाट–सुस्ता पश्चिम० सुनौलका ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । उनको आज बिहान १ः५३ बजे मृत्यु भएको हो ।