एक वर्षभित्र पार्टीको महाधिवेशन गर्छाै : प्रचण्ड

एक वर्षभित्र पार्टीको महाधिवेशन गर्छाै : प्रचण्ड

 बैशाख ९, काठमाडौं  । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् ।

सोमबार नेपाल कम्युनिष्ट कम्युनिष्ट पार्टीको स्थापनाको ७०औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले ८ महिनाभित्र ७७ जिल्ला र प्रदेशका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षभित्र महाधिवेशन गर्ने बताएका हुन् ।

उनले जिल्ला समितिका अध्यक्ष र सचिवको टुंगो लागेसँगै पार्टी एकतामा फलामको ढोका फोडिएको बताएका छन्। ‘पार्टी एकता गरेर फलामको ढोका फोडिदिएका छौं,’ उनले भने, ‘पार्टी एकता टुंगियो भनेर अब गौरवसाथ भन्न पाइन्छ।’

पार्टी भित्र धेरै फोहोरमैला जम्मा भएकोले जनताको उर्जाबाटै फोहोर सफा गर्नुपर्ने बताउदै उनले भने ‘एउटा नयाँ साँस्कृतिक क्रान्ति चाहिएको छ, भ्रष्टाचार र जालझेलकाविरुद्ध ।’