तस्वीर सार्वजनिक गर्दै केकी लेख्छिन्, ‘विवाहको समाचार बाड्न पाउँदा अत्यन्तै हर्षित छु’

तस्वीर सार्वजनिक गर्दै केकी लेख्छिन्, ‘विवाहको समाचार बाड्न पाउँदा अत्यन्तै हर्षित छु’

९ वैशाख, काठमाडौं । 
अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । उनले बिहिबार हाम्रो बजार डटकमका सीईओ रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् ।

परिवार र निकट आफन्तको उपस्थितिमा भएको विवाहको तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै उनले आजबाट जीवनको नयाँ अध्याय सुरु भएको बताएकी छन् । 

‘कलाकारको रुपमा मेरो हरेक उतार चढापको साक्षी बन्नु भएकोमा मेरो प्रिय दर्शकसँग विवाह समाचार बाड्न पाउँदा अत्यन्तै हर्षित छु’ उनले अगाडि लेखेकी छन् ‘जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवनसाथीले उपहार स्वरुप आर्शिवादको अपेक्षा गरेका छौं ।’

उनले सबैको माया, साथ र सद्भाव सधै कायम रहने विश्वास समेत राखेकी छन् ।