दोस्रोपटक आमा बन्दै अभिनेत्री स्कारलेट

दोस्रोपटक आमा बन्दै अभिनेत्री स्कारलेट

काठमाडौं, ३ भदौं । 
चर्चित हलिउड अभिनेत्री स्कारलेट जोहानसन दोस्रोपटक आमा बन्ने भएकी छन् । 

सन् २०१८ र २०१९ मा चलचित्रका लागि सर्वाधिक महंगो रकममा अनुवन्धन भएर चर्चा कमाएकी स्कारलेट गर्भवती भएको चर्चा गत महिना नै खुबै चलेको थियो। अहिले स्कारलेटका पति कोलिन जोस्टले अभिनेत्री गर्भवती भएको कुरा स्वीकारेपछि पुन यो कुरा चर्चामा आएको हो । 

स्कारलेटका पति कोलिन जोस्टले स्टेण्डअप कमेडी एक्टको बेला श्रीमति स्कारलेट गर्भवती भएको खबर सार्वजनिक गरेका हुन् ।

स्कारलेटको यो दोस्रो गर्भ हो । उनको ६ वर्षको छोरी छन् । यी छोरी उनको पहिलो विवाहबाट भएको हो । उनका पूर्व पति फ्रेञ्चमेन रोमेन दौरियाक हुन् । फ्रेञ्चमेनसँगको सम्बन्धविच्छेदपछि स्कारलेट र कोलिनले तीन वर्ष डेट गरेका थिए । त्यसपछि उनीहरुले अक्टोबर २०२० मा विवाह गरेका थिए ।

स्कारलेटको निजी जीवन निकै राम्रोसँग चलिरहेको छ । तर उनको व्यावसायिक जीवन भने केही विवादास्पद बनेको छ । उनले डिज्नीमाथि मुद्धा दायर गरेकी छन् । 

स्कारलेटका अनुसार उनले डिज्नी र मार्वल इन्टरटेनमेन्टका साथ फिल्मलाई थिएटरमा रिलिज गर्न अनुमति दिएकी थिइन् । तर फिल्मलाई डिज्नी प्लसमा रिलज गरेर उनको अनुमतिको उल्लंघन गरिएको थियो । हाल यो मुद्धा अदालतमा चलिरहेको छ ।