काँग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काँग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं, १३ चैत । 
नेपाल काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।  नर्भिक अस्पतालका कार्यकारी  निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो । 

गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि जोशीलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि नेता जोशी सोही अस्पतालमा उपचाररत थिए।  

पूर्व उद्योग मन्त्रीसमेत रहेका नेता जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो । 

वि.सं. २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी काठमाडौँ क्षेत्र नं. ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । जोशी काँग्रेसका केन्द्रीय सदस्यसमेत थिए ।