४३ अंकले बढ्यो नेप्से

४३ अंकले बढ्यो नेप्से

काठमाडौं, १८ चैत ।  
बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव ३६ अंकले उकालो लागेको छ । 

आज भारी अंकले नेप्से परिसूचक बढेसँगै नेप्सेपुनः २६ सय माथि पुगेको छ । आज व्यापार समूहका बाहेकका सबै समूहहरुको सब इन्डेक्समा भने हरियाली देखिएको छ ।

आज सेयर बजारमा ६ अर्ब १६ करोड भन्दा बढिको कारोबार भएको छ ।