अर्जुनको साङ्गीतिक सौगात ‘याद’ मा प्रकाश र जुनाको अभिनय

अर्जुनको साङ्गीतिक सौगात  ‘याद’ मा प्रकाश र जुनाको अभिनय

२९ फागुन, काठमाडौं । 
गायक अर्जुन बोसेलको नयाँ साङ्गीतिक सौगात ‘याद’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एक्लो र दुःखी हुँदाको पीडालाई समेटेर तयार पारिएको यस गीतमा स्वयम् गायक बोसेलको शब्द, सङ्गीत रहेको छ । कृष्ण विक ले यस गीतलाई सङ्गीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा गायक प्रकाश सपुत र जुना सुन्दासको अभिनय हेर्न सकिन्छ ।  

नवराज उप्रेतीले छायाङ्कन गरेको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्।  देवेन्द्र बब्लुको निर्देशनमा भिडियो तयार पारिएको जनाइएको छ ।  ‘छोडी जाने मायाको यादैले पागल बनायो बरि लै’, ‘छातिभरि मनैभरि रुन वर्षे झरी पसे जस्तो’, ‘बरि लैको भाकाले मनै छोयो बरि लै’लगायत बोलका गीत यस म्युजिक भिडियोमा सङ्ग्रहित छ । 

गायक बोसेलको आधिकारिक युट्युब च्यानल ‘अर्जुन बोसेल’मार्फत् भिडियो सार्वजनिक भएको हो । विगत लामो समयदेखि नेपाली सङ्गीतमा सक्रिय गायक बोसेलका  यसअघि २२ वटा भन्दा बढी म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । केही समयअघि सार्वजनिक उनको ‘गोठालो’ बोलको म्युजिक भिडियो दर्शक माझ लोकप्रिय छ ।