लताको सम्झनामा म्युजिक एकेडेमी स्थापना गर्ने महाराष्ट्र सरकारको घोषणा

लताको सम्झनामा म्युजिक एकेडेमी स्थापना गर्ने महाराष्ट्र सरकारको घोषणा

२८ माघ, काठमाडौं । 
महाराष्ट्र सरकारले 'भारतरत्न' लता मङ्गेशकरको सम्झनामा मुम्बईमा सङ्गीत एकेडेमी स्थापना गर्ने घोषणा गरेको छ ।

रिपोर्टका अनुसार लता मङ्गेशकरको सम्झनामा म्युजिक एकेडेमी बाहेक मुम्बई विश्वविद्यालयको कलिना क्याम्पसमा एउटा म्युजियम पनि बनाइने भएको हो।

भारतकी चर्चित गायिका लता मङ्गेशकरको माघ २३ गते ९२ वर्षको उमेरमा निधन भएको थियो। उनको मृत्युपछि भारतमा दुई दिन शोक घोषणा समेत गरिएको थियो ।