धरहराको बार्दलीबाट आसिफले भने, 'मंसिर २३ गतेबाट नेपाल आइडल प्रसारण हुँदैछ'

धरहराको बार्दलीबाट आसिफले भने, 'मंसिर २३ गतेबाट नेपाल आइडल प्रसारण हुँदैछ'

१७ मंसिर, काठमाडौं ।
गायन रियालिटी सो ‘नेपाल आइडल’को चौथो संस्करण प्रसारणको तयारीमा रहेको छ ।   

उक्त मंसिर २३ गते रातिबाट प्रसारण हुने भएको छ । एपिवान टेलिभिजनबाट प्रसारण हुने सोको घोषणा धरहराबाट गरिएको हो ।

धरहराको बार्दलीमा बसेर यो शोका होस्ट आसिफ शाहले प्रसारण मिति सार्वजनिक गरेका हुन् । उनले राजा महाराजाहरुको पालामा अग्लो ठाउँबाट कटुवालले सन्देश पुर्‍याउने शैलीमा यो रियालिटी शोको चौथो सिजनको  प्रसारण मिति सार्वजनिक गरेका छन् ।

‘नेपाल आइडल’ एपी १ एचडी टेलिभिजनबाट प्रसारण हुने उक्त रियालिटी सो देशभरबाट छानिएर आएका सय प्रतिस्पर्धीले नेपाल आइडको चौथो संस्करणको ‘उपाधि’का लागि प्रतिस्पर्धा गर्नेछन् । 

चौथो सिजनमा संगीतकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायकको रुपमा छन् ।