‘मिर्जापुर’ का अभिनेता ब्रह्म मिश्रको निधन, बाथरुममा सढेको अवस्थामा भेटिया शव

‘मिर्जापुर’ का अभिनेता ब्रह्म मिश्रको निधन, बाथरुममा सढेको अवस्थामा भेटिया शव

१६ मंसिर, काठमाडौं । 
वेब सिरिज ‘मिर्जापुर’ मा ललितको भूमिकामा चर्चित अभिनेता ब्रह्मा मिश्रको निधन भएको छ ।

ललितका रुपमा चर्चा कमाएका उनै कलाकार मिश्राको बिहिबार निधन भएको छ। उनको ३६ वर्षको उमेरमा असामयिक निधन भएको हो। 

भारतीय सञ्चारमाध्यका अनुसार बिहिबार प्रहरीले मिश्राको वर्सोवास्थित घरको बाथरूममा उनको लास सढेको अवस्थामा फेला पारेको हो। खबरअनुसार मिश्राको घरबाट दुर्गन्ध आएको गुनासो गरेपछि उनका छिमेकीले प्रहरीलाई खबर गरेका थिए। 

प्रहरी घटनास्थल पुग्दा उनको घरमा भित्रबाट ताला लगाइएको थियो। डुप्लिकेट चाबी बनाउन ताला बनाउनेलाई बोलाएर पसेपछि प्रहरीले बाथरुमबाट दुर्गन्ध आइरहेको थाहा पाए। बाथरुमको ढोका खोल्दा मिश्राको शव अर्ध कुहिएको अवस्थामा फेला परेको थियो। 

उनी केही दिनअघि छाती दुखेपछि उपचारका लागि डाक्टरकहाँ गएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। अभिनेताको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।

उनले 'मिर्जापुर' बाहेक 'दंगल', 'मांझी-द माउन्टेन म्यान', 'बद्रीनाथ की दुल्हनिया', 'हवाईजादा' र 'हेलो चार्ली' जस्ता प्रोजेक्टहरूमा समेत काम गरेका थिए ।