‘बुलबुल’ का निर्देशक विनोदले भुटानी शरणार्थीको कथामा ‘रबर सिटी’ बनाउँदै

‘बुलबुल’ का निर्देशक विनोदले भुटानी शरणार्थीको कथामा ‘रबर सिटी’ बनाउँदै

१६ मंसिर, काठमाडौं । 
चलचित्र ‘बुलबुल’ बाटै निर्देशनमा डेब्यु गरेका निर्देशक  विनोद पौडेलले दोस्रो चलचित्र 'रबर सिटी' को घोषणा गरेका छन्।

उनले चलचित्रको एक पोस्टर जारी गर्दै निर्माण प्रारम्भिक जानकारी दिएका हुन् । आगामी मार्चमा यसको सम्पूर्ण छायांकन अमेरिकामा हुने जनाइएको छ। 

चलचित्रका लागि अहिलेसम्म अभिनेता सुशांक मैनाली, विक्रमकुमार शर्मा र राधा लम्साल कलाकारको रुपमा छानिएका छन् । 

विनोदकै लेखन रहेको चलचित्रका निर्माता अविरल थापा हुन् । चलचित्रमा अमेरिकामै रहेका अंकित पौडेलको छायाङ्कन रहेनछ ।

'रबर सिटी' ले भुटानी शरणार्थीको पुनर्वासपछिको कथा भन्ने छ। अमेरिकाको ओहायो राज्यअन्तर्गत एक्रोन सहरलाई पहिले रबर सिटी भनिन्थ्यो र भुटानी शरणार्थीलाई पुनर्वास गराएपछि सो सहर पुन: गुलजार बनेको थियो।