‘केजीएफ च्याप्टर २’ को ट्रेलर सार्वजनिक, नयाँ वर्षमा सार्वजनिक हुने नेपाली चलचित्रलाई धक्का

‘केजीएफ च्याप्टर २’ को ट्रेलर सार्वजनिक, नयाँ वर्षमा सार्वजनिक हुने नेपाली चलचित्रलाई धक्का

१३ चैत, काठमाडौँ । 
बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ को ट्रेलर सार्वजनिक भएको छ ।

अभिनेता यश स्टारर यस फिल्मको पहिलो पार्ट सन् २०१८ डिसेम्बरमा आएको थियो। प्रशान्त नीलले निर्देशन गरेको यस फिल्ममा यशसँगै सञ्जय दत्त, रविना टण्डनलगायतको अभिनय रहेको छ।

अघिल्लो सिरिजले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। च्याप्टर २ अप्रिल १४ अर्थात् वैशाख १ गते रिलिज हुने भएको छ।