प्रमोदको स्वरमा रहेको ‘खै कसरी’ सार्वजनिक (भिडियोसहित)

प्रमोदको स्वरमा रहेको  ‘खै कसरी’ सार्वजनिक (भिडियोसहित)

१७ मंसिर, काठमाडौं ।
गायक प्रमोद खरेलको स्वर रहेका ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको छ। 

गीतकार ज्योती गुरूङको शब्द रहेको गीतमा संगीतकार गंगाराज राईले लय हालेका हुन्। 

गीतको भिडियोमा नायिका तथा मोडल नम्रता सापकोटा, विकास लामिछाने र भोजराज शर्मालाई फिचरिङ गरिएको छ। गीतको भिडियो निर्देशक सुव्रतराज आचार्यले निर्देशन गरेका हुन्।

गीतलाई राजु कार्कीले एरेन्ज, मिक्सिङ र मास्टरिङको काम गरेका छन्।

राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको भिडिओलाई उत्सव दाहालले छायाँकन गरेका हुन् भने राजकुमार श्रेष्ठले सम्पादन गरेका छन् ।

जेजी क्रिएसन युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको छ ।