दीप अस्वस्थ्य भएपछि भ्वाइस अफ नेपालको नयाँ कोचमा राजेशपायल

दीप अस्वस्थ्य भएपछि भ्वाइस अफ नेपालको नयाँ कोचमा राजेशपायल

काठमाडौं, १३ असार ।
चर्चित टेलिभिजन रियालिटी सो द भ्वाइस अफ नेपालको कोचमा नयाँ कोच गायक राजेशपायल राई भित्रिएका छन् ।  

कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ कोरोना संक्रमण निको भएपनि अझै केही समय आराम गर्नुपर्ने भएपछि भ्वाइस अफ नेपालको कोचमा राजेशपायल राईले कोच दीपको कार्यभार सम्हालेका हुन्। 

२१ एपिसोड प्रशारण भएपछि कोरोना संक्रमणको दोस्रो लहरले बाँकी भागहरु छायाँकंन तथा प्रशारण हुन सकेको थिएन । शनिवार प्रशारण भएको एपिसोड २२ बाट राईले कोच श्रेष्ठको 'स्टन्ड इन कोच'को कार्यभार सम्हालेका हुन् ।

नयाँ कोचको लागि शुभकामना दिँदै भिडियो सन्देश मार्फत कोच श्रेष्ठले राजेशपायल राईलाई कार्यभार सुम्पन पाउँदा खुशि लागेको बताउदै धन्यवाद दिएका छन् । 

कोच सम्हालेका गायक राईले पनि श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गरे । उनले भ्वाइस अफ नेपाल परिवारमा जोडिदा खुसी लागेको बताएका छन् । अझै सहभागीसँग जोडिएर मजा लिने उनले बताएका छन् । 

शनिवार प्रशारित कार्यक्रममा टिम राजु र टिम प्रमोदको नकआउको प्रतिस्पर्धा भएको थियो ।