‘द भ्वाइस अफ नेपाल’ बाट बाहिरिइन् निहारिका

‘द भ्वाइस अफ नेपाल’ बाट बाहिरिइन् निहारिका

काठमाडौं, १० साउन । 
चर्चित रियालिटी शो  ‘द भ्वाइस अफ नेपाल सिजन ३’ बाट निहारिका ज्ञवाली बाहिरिएकी छन् । 

टिम प्रमोदमा रहेकी निहारिका शनिबारको भएको उत्कृष्ट नौ प्रतिष्पर्धीबीच भएको प्रतिष्पर्धामा अन्य प्रतिस्पर्धीको तुलनामा कम भोट पाएपछि बाहिरिएकी हुन् । 

अब प्रतिस्पर्धामा टिम दीपबाट आर्यन तामाङ र गोभिन पुन, टिम प्रमोदबाट किरण गजमेर र रवी गहतराज, टिम राजुबाट सोनाम शेर्पा र तारा श्रीष, टिम तृष्णाबाट अफ्रिता खड्गी र ज्वाला राईबीच अब प्रतिस्पर्धा हुनेछ ।

हरेक कोचबाट एक/एक जना प्रतिष्पर्धी अन्तिम राउन्टमा पुग्नेछन् । ती अन्तिम चार प्रतिष्पर्धीबाट एकजना विजेता बन्नेछन् ।