बाँकेमा एक साता लकडाउन गर्न डीसीसीएमसीको सिफारिस

बाँकेमा एक साता लकडाउन गर्न डीसीसीएमसीको सिफारिस

नेपालगन्ज, ७ वैशाख । 
तीब्र गतिमा कोरोना संक्रमण फैलिरहेको बाँकेमा एक साताका लागि लकडाउन गर्न सिफारिस गरिएको छ । 

मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति(डीसीसीएमसी)ले बिहीबारदेखि एक साताका लागि  लकडाउन गर्न सिफारिस गरेको हो । 

डीसीसीएमसीको बैठकमा लकडाउन बाँके जिल्लाभरी गर्ने कि नेपालगन्ज उपमहानगरपालिकाभित्र मात्र गर्ने भन्ने विषयमा भने ठोस निर्णय हुन सकेन ।

मंगलवार बेलुकाको रेर्कड अनुसार बाँके जिल्लाधर ८ सय ६६ जना संक्रमित रहेका छन् भने नेपालगन्ज उपमहानगरपालिकामा ५ सय २० जनाभन्दा बढी संक्रमित छन् ।