जनकपुरको सडकमा पैसा फाल्ने दुवै महिलाको कोरोना रिपोर्ट नेगेटिभ

जनकपुरको सडकमा पैसा फाल्ने दुवै महिलाको कोरोना रिपोर्ट नेगेटिभ

७ वैशाख, काठमाडौं । 
जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । 

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा आरडिटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ । 

जनकपुरधामस्थित महावीर चोकमा जथाभावी पैसा फाली लुकीछिपी भाग्ने दुई महिलालाई जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पक्राउ गरी प्रादेशिक अस्पतालमा आरडिटी परीक्षण गरेको थियो ।

कोरोना महामारी संक्रमणको बेला जनकपुरमा पैसा फालेर भाग्ने दुई महिला नाताले नन्द भाउजु भएको प्रहरीले जनाएको छ ।  

विशेषतः जनकपुरस्थित महावीर चोकमा १० र १०० नोट छरेर भागेकी दुई महिलालाई शंकाको आधारमा पक्राउ गरी शनिबार आरडीटी परीक्षण गरिएको थियो ।