रुपन्देहीमा भेटिए सलह किरा

रुपन्देहीमा भेटिए सलह किरा

अनिल सापकोटा
१३ असार, बुटवल । 

शनिबार बिहान प्रदेश २ का विभिन्न जिल्लामा देखिएको सलह किरा दिउसो रुपन्देहीको बुटवलका विभिन्न क्षेत्रमा देखिएका छन् ।  

भारतीय सीमा क्षेत्रमा देखिदै आएका सलह रूपन्देही पसेका हुन् । शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा समुहमा नभइ फाट्टफुट्ट  देखिएको सलह बेलुका भने  आकाश तथा रुखबिरुवामा झुण्डमा देखिएका छन् ।

कृषि विकास निर्देशनालय प्रदेश ५  प्रमुख यामनारायण देवकोटाले सहल किरा देखिएको भनेर खबर पाउनसाथ कीट विज्ञहरुले अनुसन्धान गरिरहनु भएको बताए ।  ‘कीरा देखिएको खबर प्राप्त हुनासाथ कृषि तथा कीट विज्ञसँग नियन्त्रणका उपायबारे छलफल र अनुसन्धानमा जुटेका छौं,’ उनले भने, ‘क्षतिबाट बचाउने उपाय अपनाउन लागी परेका छौँ।’

दिउसो करिब १२ बजे बुटवलको गोलपार्क, मिलनचोक, सुख्खानगर,  लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले प्रदेश सरकारका पदाधिकारीहरुलाई खबर गरेका थिए ।

अहिले एकाएक झुण्डमा सहल किरा देखिन थालेपछि  रुपन्देहीका किसानहरु त्रसित बनेका छन् ।