हेलमेट प्रहार गरेर ६ लाख लुटपाट

हेलमेट प्रहार गरेर ६ लाख लुटपाट

असाेज ९, बुटवल । 

रुपन्देहीमा रिलायन्स सिमेन्ट कम्पनी एक कर्मचारी लुटिएका छन् । भैरहवा लुम्बिनी सडकखण्डको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिश त्रिपाठी बिहीबार दिउँसो लुटिएका हुन् ।

प्रहरीका अनुसार दुई जनाको समूहमा आएका लुटेराले उनको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएका छन् ।रिलायन्स सिमेन्ट उद्योगको भैरहवा कार्यालयबाट उद्योगतर्फ मोटरसाईकलमा जाँदै गर्दा त्रिपाठीलाई हेलमेटले टाउकोमा प्रहार गरि रकम लुटेर लगेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसअघि गत भदौ २९ गते अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीकै ओमसतिया ५ पट्खौलीका ४० वर्षीय महेन्द्र कुर्मीको गोली प्रहार गरी ५ लाख रुपैयाँ लुटिएको थियो ।