प्रधानमन्त्री ओलीले गरे नेपाल पानीजहाज कार्यालयको उद्घाटन

प्रधानमन्त्री ओलीले गरे नेपाल पानीजहाज कार्यालयको उद्घाटन
तस्विर सौजन्य : setopati

फागुन २, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् ।

बिहीबार बिहान एकान्तकुनास्थित स्थापना गरिएको पानीजहाज कार्यालयको  एक समारोहका बीच प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ भने पानी जहाज कार्यालयको नेतृत्व भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत  प्राविधिक तर्फका सह सचिवले गर्नेछन् ।

कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र  छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताए । सडक र हवाईभन्दा जलमार्गबाट सामान ढुवानी गर्न वातावरणीय दृष्टिले उपयुक्त हुने भन्दै उनले नेपाल जस्तो भुपरिवेष्टित राष्ट्रका लागि यो गौरवको कुरा भएको बताए । 

१६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको नेपाल पानीजहाज कार्यालयले पानी जहाज सञ्चालनका लागि २०७७ सालको चैत मसान्तसम्मका लागि कार्ययोजना बनाएको छ ।