प्रधानमन्त्री ओलीले भोलि देशबासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले भोलि देशबासीलाई सम्बोधन गर्ने
तस्विर सौजन्य : Hamro Kalam

फागुन १ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

सरकार गठन भएको एक वर्ष पुगेको उपलक्ष्यमा  केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्न लागेका हुन् ।उनले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

गत वर्ष फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।