चुप लाग्नुस तपाई चुप लाग्नुस !

चुप लाग्नुस तपाई चुप लाग्नुस !

काठमाडौँ, २८ माघ ।
प्रचण्ड–नेपाल समूह (नेकपा) ले आज काठमाडौंमा आयोजना गरेको विरोध सभालाई नारायणकाजी श्रेष्ठले सम्बोधन गरिरहेका बेला एकाएक कड्किदै सञ्चारकर्मी ऋषि धमलामाथी जाइलागेका छन् । 

प्रचण्ड–नेपाल समूहका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले सम्बोधन गरिरहेको समयमा सञ्चारकर्मी ऋषि धमलाले कार्यक्रममा सहभागी हुन आएका कार्यकर्तासँग संवाद गरिरहेको समयमा नारायणकाजीले आफ्नो भाषण नै रोकेर भन्छन्, एकछिन त्यहाँ पत्रकार साथीहरुले केहि नगरिदिनुहोला । 

पत्रकार साथीहरु, हामी यहाँ सभा सञ्चालन गरिरहेका छौँ तपाईहरु त्यहाँ चुप लागिदिनुस् उनले कड्किदै भने, 

सुन्नुभो ऋषि धमला जि उनले दाहोर्याउदै भने ऋषि धमला जि तपाई त्यहाँ अर्को कार्यक्रम नर्गनुस 

चुप लाग्नुस तपाई चुप लाग्नुस !

कार्यकर्तालाई हात हल्लाउदै उनले भने ह्वा ले राम्रै काम गर्नु भाथ्यो जनसमुदायका बीचमा अन्तवार्ता लिदै तर अहिले होइन पछि लिन म बिनम्र अनुरोध गर्दछु ।