नेकपाको जुलुस सुरु नहुँदै काठमाडौंका ट्राफिक व्यवस्थापन अस्तव्यस्त

नेकपाको जुलुस सुरु नहुँदै काठमाडौंका ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँ, २८ माघ ।
प्रचण्ड–नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भएपछि आज काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

प्रचण्ड–नेपाल समूहले आज ११ बजेदेखि शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भनेपनि यातायात आवागमनलाई भने बिहानैदेखि प्रभावित बनेको को छ। ट्राफिक व्यवस्थापनका लागि डाईभर्सनको व्यवस्था मिलाइएको छ । 

ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न दिइएको  छैन् । पूर्वबाट आउने ठूला गाडीहरुलाई कोटेश्वर तीनकुनेबाट फिर्ता पठाइएको छ भने

रत्नपार्क, पुतलीसडक, बागबजार क्षेत्रतिर आउने साना ठूला गाडीहरुलाई पनि डाइभर्सन गरिएको छ । वैकल्पिक सडकमा पनि सवारी साधनहरुको जाम सुरु भएको छ ।

ट्राफिक व्यवस्थापनका लागि प्रहरीका ठूलो जनशक्ति सडकमा खटिएका छने । 

माइतीघर मण्डला, पुल्चोक,  केशरमहल, त्रिपुरेश्वर र जमलबाट बिहान ११ बजेदेखि जुलुस सुरु भई सुन्धारामा पुगेर मूल जुलुसमा मिसिई भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने प्रचण्ड–माधव समूहको संघर्ष समितिले जनाएको छ । 

त्यसपछि सुन्धाराबाट निस्कने मूल जुलुस सुन्धारा, बीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै प्रदर्शनीमार्गमा पुगेर विरोध सभामा परिणत हुने भएको छ ।