विजय मिश्रविरुद्ध बाँस्कोटाले दायर गरे गाली बेइज्जतीको मुद्दा

विजय मिश्रविरुद्ध बाँस्कोटाले दायर गरे गाली बेइज्जतीको मुद्दा

१६ फागुन, काठमाडौँ।
पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौँ जिल्ला अदालतमा न्याय माग गर्दै मुद्दा दायर गरेका छन् । 

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा  पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको भन्दै विजय मिश्रविरुद्ध अदालतमा मुद्दा दायर गरेका हुन ।

शुक्रबार प्रतिनिधिमार्फत काठमाडौं जिल्ला अदालतमा गोकुल बाँस्कोटाले विजय मिश्रविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेको ट्विटरमार्फत बताएका छन्। बाँस्कोटाले ट्विटरमा लेखेका छन्, "म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालीबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु।"

मिश्रले नै गत साता बुधबार बाँस्कोटासँग वार्तालाप भएको अडियो टेप सार्वजनिक गरेका थिए । उक्त टेप सार्वजनिक भएको भोलिपल्टै अर्थात गत साता बिहीबार बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रधानमन्त्री ओली स्वयम्ले बिहीबार राजधानीमा आयोजित पार्टीको बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै बाँस्कोटाको बचाउ गरेका थिए ।