लहान मालपोतको बम विस्फोट भएको स्थानमा ‘गोइत’ समुहको पर्चा

लहान मालपोतको बम विस्फोट भएको स्थानमा ‘गोइत’ समुहको पर्चा

लहान, १ चैत ।
सिराहको लहान स्थित मालपोत कार्यालयमा बम बिस्फोट भएको कार्यालय परिसरमा जनतान्त्रिक मुक्ति मोर्चा ‘गोइत’ समूहको पर्चा फेला परेको छ। 

गोइत समूहको पर्चा भटिएसँगै बम बिस्फोटमा गोइत समुहकै संलग्नता रहेको प्रहरीले आशंका गरेको छ ।

कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १ बजेतिर बम बिस्फोट हुँदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र  लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर घाइते भएका छन् ।  

बमकै छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका– १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका– १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक,  भगवानपुर गाउँपालिका– ३ निवासी ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका– ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार– ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

प्रहरीका अनुसार घाइतेको विरानगर र लाहान अस्पतालमा उपचार भइरहेको छ । घटना कसले किन गरायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।