लता मंगेशकरको स्वास्थ्य अवस्था स्थिर

लता मंगेशकरको स्वास्थ्य अवस्था स्थिर

३ माघ, काठमाडौं । 
वरिष्ठ गायिका लता मंगेशकर कोरोना संक्रमित भएपछि ८ जनवरीदेखि मुम्बईको ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना छिन् । 

आइतबार साँझ उनको अवस्था नाजुक भएको खबर आएको थियो ।

तर, हालै लता मंगेशकरका प्रवक्ताले आफ्नो बयानमा यी खबरलाई अस्वीकार गरेका छन् । उनको अवस्था स्थिर रहेको पनि उनका प्रवक्ताले बताए ।

यसैबीच अस्पतालमा लता मंगेशकरको उपचार गरिरहनुभएकी डा प्रतित समधानी भन्छिन्, 'उहाँ अझै आईसीयूमा चिकित्सकको निगरानीमा हुनुहुन्छ । अहिले उहाँको स्वास्थ्यमा केही सुधार आएको छ । उहाँको स्वास्थ्यमा थोरै सुधार आउनु सकारात्मक संकेत हो ।'

गायिकाका परिवारका सदस्यले उनको स्वास्थ्यमा सुधारको संकेत देखिएको र कोभिडको केस भएकाले उमेरलाई ध्यानमा राख्नुपर्ने बताएका छन्  ।