नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा पोखरेल

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा पोखरेल

असार १३, काठमाडौं ।
सरकारले नागरिक उड्डयन प्राधिकरण ९क्यान०को महानिर्देशमा राजन पोखरेललाई नियुक्त गरेको छ । 

मन्त्रिपरिषद्को बिहीबार भएको बैठकले पोखरेललाई प्राधिकरणको महानिर्देशक पदमा नियुक्त गरेको हो ।

मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारीमा रहेका पोखरेल महानिर्देशक पदमा पुग्न सफल भएका हुन् । 

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पोखरेलले हवाई सुरक्षा र पूर्वाधार निर्माणका साथै समग्र उड्डयन उन्नयममा कटिबद्धताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले वायुसेवा प्रदायक कम्पनीसँग सहकार्य गर्दै नेपालको उडड्यन सुरक्षालाई निरन्तर सुधारका साथै निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा आन्तरिक विमानस्थलको सुदृढिकरण आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे ।