लकडाउनकै बिच सैनामैनाका युवा 'राजा आऊ देश बचाउ' भन्दै सडकमा उत्रिए

लकडाउनकै बिच सैनामैनाका युवा 'राजा आऊ देश बचाउ' भन्दै सडकमा उत्रिए

अनिल सापकाेटा,

सैनामैना ,२४ जेठ

संसार कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ भने विगत ७५ दिनदेखी देश लकडाउनमा छ ।  रुपन्देहीको सैनामैनाका युवाको एक जमात भन पुर्वराजा ज्ञानेन्द्र शाहाको फोटो सहितको ब्यानर बोकेरे 'राजा आउ देश बचाउ' भन्दै सडकमा उत्रिएका छन् ।

शनिबार साँझ सैनामैना नगरपालिका कलौंनी चोकदेखि सुरु भएको उक्त विरोध कार्यक्रममा युवाहरुले राष्ट्रिय झण्डा बोक्दै देशमा राजाको आवश्यकता रहेको बताउँदै नारा लगाएका थिए । कार्यक्रममा राजा आउ देश बचाउ , हाम्रो राजा हाम्रो देश , प्राण भन्दा प्यारो छ, एमसिसि खारेज गर,सिमा विवाद समाधान गर,जातीय विभेद अन्त्य गर,भ्रष्टाचारी होसियारी जस्ता नारा लगाउदै बुद्धनगर सम्म पुगि फेरी कलौनीमा आई कोण सभामा परिणत भएको थियो ।

"त्यति दुखले हामीले ल्याएको गणतन्त्र अहिले हामीलाई नै ठूलो भारी भएको भएको छ", विरोभ कार्यक्रममा सहभागी युवा तिलप्रसाद भुजेलले सुनाउनुभयो, "पहिले एउटा मात्र राजा थिए, अहिले सरकारमा पुग्ने सयाैँ शासक बनेर हुकुमी शासन चलाउन थाले । जनताको करले तलब खानेहरुले देशमा दण्डहिनतालाई प्रसय दिइरहेका छन्, अरबाैँ घाेटला गरिरहेका छन् अब यस्ता हर्कत कुनै हालतमा सहन्नौ ।"