महिलाहरुमाथि काँटी घोप्ने आक्रमणकारी पक्राउ

महिलाहरुमाथि काँटी घोप्ने आक्रमणकारी पक्राउ
तस्विर सौजन्य : Khabarhub

असार १३, काठमाडौं ।
युवतीमाथि कथित रुपमा ‘सिरिन्ज’ आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आक्रमणकर्ता भनिएका काठमाडौं नैकाप बस्ने महाराजगंजस्थित फाष्टफुटका संचालक रामेछाप घर भएका ३० वर्षीय शन्तोष कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।  

उनी श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि तिखो बस्तुले हान्दै भाग्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार कार्कीले सुई नभएर ढलान किला प्रयोग गरेर युवतीहरुलाई घोच्ने गरेको बयान दिएका छन् । तर आक्रमण गर्नुको कारण भने आफूले  ‘रमाइलो’का लागि यस्तो गरेको बताएका छन् ।