थप ४९२८ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु

थप ४९२८ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु

काठमाडौं, १६ वैशाख ।  
पछिल्लो २४ घण्टामा नेपालमा थप ४९२८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा गरिएको १२ हजार ५९७ पीसीआर र ९६३  एन्टिजेन परीक्षणमा ४९२८ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा कुल सङ्क्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।  

कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ। तर पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृत्यु संख्या भने ३५ जना रहेको छ योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ ।

गत २४ घण्टामा  ८८८ जना कोरोना जितेर निको भएका छन्। 

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ । तीमध्ये होम आइसोलेसनमा ३० हजार ९१६ र संस्थागत आइसोलेसनमा ३ हजार २०१ जना रहेका छन् ।