कोरोनाका कारण रोकिएको कमेडी च्याम्पियनको प्रसारण सुरु

कोरोनाका कारण रोकिएको कमेडी च्याम्पियनको प्रसारण  सुरु

काठमाडौं, १९ असार । 
कोरोनाका कारण रोकिएको रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ प्रसारण फेरि सुरु भएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै कोरोनाको समयमा दर्शकलाई हँसाएर बस्न नसकिने भन्दै निर्माणपक्षले प्रतियोगितालाई अनिश्चितकालका लागि बन्द गरेको थियो।

शुक्रवार तथा शनिवार राति ९ बजेदेखि कान्तिपुर टेलिभजिनबाट प्रसारण हुने  कमेडी च्याम्पियन शुक्रवारदेखि सञ्चालमा आएको हो । शुक्रवार कमेडी च्याम्पियनको १७ औँ एपिसोड प्रसारण भएको छ ।

शुक्रवार प्रसारण भएको कार्यक्रममा सेलिब्रेटी जजको रूपमा अभिनेत्रीद्वय करिश्मा मानन्धर तथा रेखा थापालाई प्रस्तुत हुने छन् भने सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई, ऋचा शर्मा भने नियमित जजको रुपमा हुने नै छन् ।

यस रियालिटी शोका निर्माता केकी अधिकारी, रिमा विश्वकर्मा, विशाल भण्डारी तथा राज घिमिरे हुन् ।