यू–१९ विश्वकप छनोट : मलेसियालाइ नेपालले ८ विकेटले हरायो

यू–१९ विश्वकप छनोट : मलेसियालाइ नेपालले ८ विकेटले हरायो
तस्विर सौजन्य : icc cricket

बैशाख २, काठमाडौं । 
मलेसियामा जारी आईसीसी यू-१९ विश्वकप छनोट प्रतियोगिता अन्तर्गत एसिया क्षेत्रको खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ।

९३ रनको सामान्य लक्ष्य पाएको नेपालले १३ ओभरमा २ विकेट गुमाउँदै सहज जित हात पारेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ३३.५ ओभरमा सबै विकेटको क्षतिमा ९२ रन मात्रै बनाउन सक्यो । मलेसियाका ३ जना खेलाडी बाहेक अन्यले दोहोरो अंक छुन सकेनन्। बलिङतर्फ नेपालका पवन सर्राफ र कुशल मल्लले समान ३/३ विकेट लिए भने कमलसिंह ऐरीले २ विकेट लिए ।

ब्याटिङतर्फ नेपालका लागि ओपनर रित गौत्तमले अविजित ३९ रन बनाए । आशिफ शेखले २६ रन बनाउँदा अर्का ओपनर पवन सर्राफ १९ रनमा आउट भए ।

यो जितसँगै नेपालले प्रतियोगितामा दोस्रो जित निकालेको छ।