फागुन २७ गतेदेखि सिनेमा हलमा ‘सम्हालिन्छ कहिले मन’

फागुन २७ गतेदेखि सिनेमा हलमा ‘सम्हालिन्छ कहिले मन’

काठमाडौं, ३० कार्तिक । 
फिल्म ‘सम्हालिन्छ कहिले मन’ अगामी फागुन २७ गते सार्वजनिक हुने भएको छ । 

निर्माण युनिटले फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै चलचित्रको सार्वजनिक मिति घोषणा गरेको हो । 

फिल्मको पोस्टरमा फिल्मका तीन मुख्य कलाकार आकाश श्रेष्ठ, पूजा शर्मा र सोनमलाई रोमान्टिक अन्दाजमा उतारिएको छ । बेलायत र नेपालमा छायाँकन भएको फिल्म सुदर्शन थापाले निर्देशक गरेका हुन् ।

एबी इन्टरनेसनलको ब्यानरमा अमित बस्नेतले निर्माण गरेको फिल्ममा परी राना र अजितकुमार थापा सह–निर्माता, सनिश खकुरेल र अंकित गौतम कार्यकारी निर्माताको रुपमा रहेका छन् ।