भारतबाट फर्किए प्रधानमन्त्री ओली

भारतबाट फर्किए प्रधानमन्त्री ओली
तस्विर सौजन्य : the kathmandu post

जेठ १७, काठमाडौं । 
नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भएर शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । 

नवनिर्वाचित भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली विहीबार दिल्ली गएका थिए । मोदीको सपथमा बिमिस्टेक राष्टूका सरकार प्रमुखहरुलाई निम्त्याइएको थियो ।

प्रधानममन्त्री ओली र भारतीय समकक्षी मोदीवीच शुक्रबार बिहान द्वीपक्षीय भेटवार्ता भएको थियो । भेटका अवसरमा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्षको माला उपहार सँगै नेपाल भ्रमणको निम्तो दिएका छन् ।