गोलरक्षक एन्जिला तुम्बापोको जीवनीमा 'अन्जिला' बन्ने

गोलरक्षक एन्जिला तुम्बापोको जीवनीमा 'अन्जिला' बन्ने

५ चैत, काठमाडौं । 
राष्ट्रिय महिला फुटबल टिमकी नम्बर १ गोलरक्षक एन्जिला तुम्बापोको जीवनीमा चलचित्र 'अन्जिला' बन्ने भएको छ । 

मिलन चाम्सको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा एन्जिला आफैले समेत अभिनय गर्ने तिन छिन् ।

यस्तै, चलचित्रमा एन्जिला बाहेक अभिनेता दयाहाङ राई, श्रृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ र प्रेमकुमार श्रेष्ठको मुख्य भूमिकामा देखिने छन् । 

एन्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र पाएको सफलताको कथामा चलचित्र एन्जिला बन्नेछ।

निर्देशक चाम्सका अनुसार, फिल्ममा एन्जिलाको बाल्यकालदेखि सफलतासम्मको कथा प्रस्तुत गरिनेछ । मिलनले यसलाई एन्जिलाको बायोपिक नभन्ने पनि बताए । ७५ प्रतिशत एन्जिलाको जीवनीबाट प्रभावित हुने फिल्म २५ प्रतिशत अन्य कथाहरुमा आधारित रहनेछ ।

केन्द्र मोशन पिक्चर्स, मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो चलचित्रमा प्रेमकुमार श्रेष्ठ र केन्द्र लिम्बुको लगानी रहनेछ । 

चलचित्रमा यम थापाको कथा रहेको छ ।