पोलार्डद्वारा एकै ओभरमा ६ छक्का प्रहार, वेस्ट इन्डिजको जित

पोलार्डद्वारा एकै ओभरमा ६ छक्का प्रहार, वेस्ट इन्डिजको जित

एजेन्सी, २० फागुन ।   
वेस्ट इन्डिजले पहिलो टी-ट्वान्टीमा श्रीलंकालाई पराजित गरेको छ ।

बिहीबार वेस्ट इन्डिजमा भएको पहिलो खेलमा वेस्ट इन्डिजले श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो ।श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्दै जित हात पारेको हो।

वेस्ट इन्डिजका लागि कप्तान काइरन पोलार्डले सर्वाधिक ३८ रन बनाए । पोलार्डले चौथो ओभरमा ह्याट्रिक विकेट लिएका अकिला धनन्जयलाई छैटौं ओभरको ६ बलमा ६ छक्का प्रहार गरेका हुन्।

यस्तै जासन होल्डरले अविजित २९ रन जोड्दा इभिन लेविसले २८ रन बनाए भने लेन्डल सिमोन्सले टिमलाई २६ रनको योगदान दिए।

श्रीलंकाका लागि धनञ्जयले ह्याट्रिक विकेट लिए । उनले चौथो ओभरको दोस्रो बलमा इभिन लुइस, तेस्रो बलमा क्रिस गेल र चौथो बलमा निकोलस पुरनलाई आउट गर्दै ह्याट्रिक पूरा गरे। यस्तै डी सिल्भाले आफ्नो नाममा ३ विकेट ल्याए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रनको टार्गेट दिएको थियो। श्रीलंकाका लागि पाथुम निशनकाले ३९ रन जोड्दा निरोशन डिक्वेलाले ३३ रन बनाए ।

वेस्ट इन्डिजका ओबेड म्याकोवेले २ विकेट हात पारे।

जितसँगै तीन खेलको सिरिजमा वेस्ट इन्डिजले १-० को अग्रता बनाएको छ ।