‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक, नयाँ वर्षदेखि प्रदर्शनमा आउने

‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक, नयाँ वर्षदेखि प्रदर्शनमा आउने

१ माघ, काठमाडौं ।
नेपाली चलचित्र ‘ए मेरो हजुर’ को चौथो श्रृङ्खलाको प्रदर्शन मिति र टिजर एकैदिन सार्वजनिक भएको छ । 

सार्वजनिक भएको चलचित्रको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापालाई देख्न सकिन्छ ।

यो चलचित्र आउँदो वर्षको बैशाख १ गते अर्थात नयाँ वर्षदेखि प्रदर्शनमा आउने भएको छ । 

झरना थापाको निर्देशनमा तयार भएको चलचित्र सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।