धुर्मुस सुन्तलीले बनाए 'म त मर्छु कि क्या हो', सार्वजनिक भयो ट्रेलर

धुर्मुस सुन्तलीले बनाए 'म त मर्छु कि क्या हो', सार्वजनिक भयो ट्रेलर

काठमाडौं, १३ साउन । 
कलाकारिताबाट समाजसेवामा लागेका हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) निर्माण गरेको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक भएको छ । 

करिब साढे तीन मिनेटको ट्रेलरमा सिताराम र कुञ्जना टेलिसिरियल ‘मेरी बाँस्सै’को धुर्मुस–सुन्तलीकै भेषमा देखिएका छन् ।

फिल्मको लेखन र निर्देशन समेत धुर्मुस–सुन्तली आफैले गरेका छन् । ओटीटी प्लेटफर्म ‘ओ हो मूभि’मा रिलिज हुने भनिएको यस फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । 

फिल्ममा सीताराम र कुञ्जना, बुद्धि तामाङ हैट, विजय बराल, पल्पसा डंगोल चम्सुरी,  रवि गिरी, सुमन कोइराला, सुमन कार्की लगायतका कलाकारको अभिनय गरेका छन्। 

धुर्मुस सुन्तलीले यतिबेला चितवनमा क्रिकेट रंगशाला बनाइरहेका छन् । कोरोना महामारीका कारण उनीहरुले बनाइरहेका रंगशाला निमार्णले योजनाअनुरुपको गति लिन सकेको छैन् । समाजसेवामा लागेको यो जोडी पछिल्लो समय कलाकारिता र समाजसेवा सँगसँगै अगाडी बढाउदै छन् ।