छवि र शिल्पाविरूद्ध जेठी श्रीमतीले हालिन बहुविवाहको उजुरी

छवि र शिल्पाविरूद्ध जेठी श्रीमतीले हालिन बहुविवाहको उजुरी
तस्विर सौजन्य : facebook (swagat nepal)

साउन ५, काठमाडौं । 
चलचित्र निर्माता छविराज ओझा र उनकी कान्छी  श्रीमती शिल्पा पोखरेलविरूद्ध छविको जेठी श्रीमती हेमा ओझाले बहुविवाहको उजुरी हालेकी छन्।

उनकी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरूद्ध बहुविवाहको उजुरी हालेकी हुन्। उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी छन्।

केही दिन अघि मात्र नायिका शिल्पा पोखरेलले महानगरीय परिसरमा  छविविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन्।

साउन ३ गते आफूले छवि र शिल्पाको विवाह दर्ताको कागजात  पाएकाले सोही आधारमा बहुविवाहको उजुरी दिएको उनले बताएकी छन्।

हेमाले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न अनुरोध गरेकी छन्।  नयाँ मुलुकी संहिताअनुसार बहुविवाह गर्ने पुरूष र महिलालाई १ देखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँ  जरिमाना हुनसक्छ।