२४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

२४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

काठमाडौं, २० कार्तिक ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना  संक्रमण हुनेको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

२४ घण्टामा १३ हजार ६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको। योसँगै हालसम्म नेपालमा  १५ लाख ७ हजार १९० पीसीआर परीक्षण भएका छन् ।

त्यसैगरी २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ४८ हजार ४०८ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ ।

हाल क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २३२ जना रहेका छन् । 

 

१८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०५२ पुगेको छ ।